गौतम वन्धु राष्ट्रिय समाजको दीर्घकालीन उद्देश्यहरु देहाय बमोजिम रहेका छन्
समाजको दीर्घकालीन उद्देश्यहरु देहाय बमोजिम रहेका छन्ः सम्पूर्ण गौतम वंश, कुल संस्कृति र परम्पराको अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने । गौतम वन्धु राष्ठ्रिय समाज र अन्य गौतम संग सम्वन्धित संस्थाहरुबीच पारस्परिक समन्वय, सद्भाव र सहयोगको अभिवृद्धि गर्दै अनुभव आदान प्रदान गर्ने । गौतमबन्धु संग सम्बन्धित संस्थाको संरक्षण, सम्बद्र्धन गरी संस्थागत क्षमता अभिवृद्वि गर्ने तथा गाैतम प्रतिभाहरुको पहिचान, प्रोत्साहन समेतका कार्य गर्ने । गौतमवंशका कुल पुर्खाहरुले विभिन्न क्षेत्रमा पुर्याएका योगदानको खोजी गरी प्रचारप्रसार गर्ने र यस्ता क्रियाकलाप गर्न पहल र प्रोत्साहन गर्ने । समाज तथा समुदायको स्वास्थ्य, शिक्षा र आर्थिक तथा सामाजिकस्तर वृद्धि गर्न सहयोग गर्ने । विभिन्न कार्यक्रममार्फत सामाजिक, सांस्कृतिक एवं लैङ्गिक समता अभिवृद्धिको कार्य गर्ने । गौतमबन्धुहरुको शैक्षिक तथा सामाजिक हितका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने । बिश्रान्ति गृह, पुस्तकालय तथा संग्रहालय आदिको स्थापना एबं ज्येष्ठ बन्धुहरुलाई सामुदायिक आश्रयगृह र दिवा हेरचाह केन्द्र स्थापना र सञ्चालन व्यवस्थाका लागि पहल गर्ने । गौतमबन्धुहरुको हितको लागि कल्याणकारी कोष स्थापना गरी सञ्चालन गर्न पहल गर्ने ।