अत्रिवंश खण्ड -सतीअनसूया-ऋषिअत्रि गोतामे (गौतम) बंशावलीभूमिका अत्रिवंशबारे केही कुरा

ॐ नमःशिवाय - “अत्रिवंश खण्ड” - अत्रि (आत्रेय) बंशका ईस्टदेव अत्रीश्वरस्च्चनाम्नासीदीश्वरः परदुःखहा । गंगा साथा स्थिता तत्रतदागर्तेथ मायया ॥ को.रु.सं. ४ को अध्यायको ४/५६ शिवपुराण अर्थ :- अत्रीस्वर नामको ज्योर्तिलिङ्गमन्दाकिनीगंगाका साथा सबैका दुःख हरणका लागिअत्रिऋर्षि र अनसूयाकातपस्याकाप्रभावले स्थित रहनु भएको छ । यसरी शिवपुराणको कोटी रुद्र संहिताको ३ र ४ अध्यायमाअत्रि अनसूयाकाबारे आफ्नो इस्टदेब महादेवको तपस्या गरी ज्योतिर्लिङ्ग प्राप्त गर्नु भएकोले सम्पूर्ण अत्रिवंशका “इस्टदेव अत्रिश्वर महादेव” नै हुन । यसरी सबैलाई मान्न अनुरोध गर्दछु । आफ्नो वंश कसैले पनिखोज्नु पर्छ र त्यसको शुरुवात कसरी भयो भन्ने शास्त्रीय प्रमाण आदिद्वारा पुष्टि गर्नु नितान्तआवश्यक हुन्छ । त्यसैले मैले अत्रिऋषिको वंशअत्रिगोत्र को शुरुवात कसरी भयो अत्रिवंशकाशाखा र परिवार आज सम्म कुनकुनहुनकुनकुन थरका हुन थर गोत्र को को संग मेल खाएको छ । त्यस बारे केहीविचार प्रस्तुत गर्न खोजेको छु। सर्व प्रथम निराकार व्रह्मजसलाई परमं शिवपनि भन्दछन् जस बाट सगुण शिवको अवतरण हुन्छ । जसलाई अजन्मापनि भन्दछन्। शिवले दायाँ अङ्गबाट व्रह्मा, बायाँ अङ्गबाट विष्णुको सृष्टि गर्नु भयो। व्रह्मलाई सृष्टिकर्ता र विष्णुलाई पालनकर्ताको रुपमाजिम्मादिनुभयो र स्वयं आफु संहार कर्ता रुद्रको रुप धारण गर्नु भयो। सृष्टि स्थिति संहारो तिरोऽभावो नुप्यग्रहः । पञ्चकृत्य प्रविणोसि संच्चितानन्दविग्रहः। १।१७।९५वि.सं.शिव पुराण अर्थ: सृष्टि कर्ता व्रह्मा, पालनकर्ता विष्णु, संहार कर्ता रुद्र, तिरोभाबगर्दा महेश र अनुग्रहएवं कल्याण गर्दा शिव यसैलाई नै शिवकापाँचै कार्य गर्ने प्रविणका रुपमा लिइन्छ । यहि नै संच्चिदानन्दविग्रह ः हो। यो परम शिवएवं निराकार ब्रह्म बाट विभागीयप्रमुखका रुपमानियुक्तभएकापाँच स्वरुपलाई लिइन्छ । यसरी सृष्टि गर्दै जाँदाब्रह्माजीले दशमानसपुत्रको सृष्टि गर्नुभयो। दशमानस पुत्रमध्ये अत्रिऋषि एक हुनुहुन्छ भन्ने तलको श्लोकले जनाउदछ । मरीचिरत्र्यङ्गिरसौ पुलस्त्यःपुलहःक्रतुः । भृगुर्वसिष्ठो दक्षश्चदशमस्तत्र नारदः ॥ ३।१२।२२ श्रीमदभागवत्। अर्थ: १) मरिचि २) अत्रि ३) अङ्गिरा ४)पुलस्त्य ५) पुलह ६) क्रतु ७)भृगु ८) वसिष्ठ ९) दक्ष १०) नारद । यीब्रह्मजीकादशमानसपुत्रहरू हुन । यस मध्ये सातौ बैवस्वतमनमन्तरका सप्तऋषिहरू जो प्रजापतिपनिहुन। यी नै सप्तऋषिका सन्तान बाट गोत्र प्रवर निर्धारित भएकाहुन ।जुनतलको श्लोकले जनाउदछ । वसिष्टः काश्यपोऽथात्रिर्जमदग्निस्स गौतमः। विश्वामित्रभरद्वाजौ सप्त सप्तर्षयोऽभवन॥ ३।१।३२ विष्णु पुराण हालवैवश्वतमन्वन्तर हो यसका सप्तऋषिहरू १)वशिष्ट २) कश्यप ३) अत्रि ४) जमदग्नि ५) गौतम ६) विश्वामित्र७) भारद्वाजहुन । यिनै सातऋषिका परिवार र शाखाहरूनै गोत्र प्रवर भित्र पर्दछन्। अत्रिगोत्रबाहेककाअन्यगोत्रहरू मिस्सिएका परिवार र शाखा छन्जसमा ४३ ऋषिको संख्या परिवार छ । विभिन्न पुराण र शास्त्रहरूमा लेखिएकाअत्रि-अनसूयाबारेका श्लोक एवं प्रमाणहरू पछिका शोध एवं अनुसन्धानकर्ताहरूलाई सजिलो होस भन्ने हेतुले मैले सकेसम्मकायहाँ केहीश्लोक एवं बुदाँहरू प्रस्तुत गर्ने कोसिस गरेको छुँ । जस्तैः- लिङ्ग पुराणमा - ब्रह्माद्वारा ऋृषि देवादिका सृष्टि विस्तारको ४६र ४७श्लोकमाउल्लेख ः— अत्रेभार्यानुसूया वै सुषुवे षढ्प्रजास्तु या ः। तास्वेकं कन्यकानाम्नाश्रुतिः सूनुपंचकम् ॥४६॥ अर्थ ः- अत्रिमहामुनिकीपत्नि अनसूयाले छ सन्तानजन्माएकिथिइन् त्यसमा एक श्रुतिनामभएकीकन्या (पुत्रि)थिइन् भने पाँचपुत्रहरू थिए । सत्यनेत्रो मुनिर्भव्यो मूर्तिरायःशनैश्चरः। सोमश्च वै श्रुतिः षष्ठी पंचात्रेयास्तु सूनवः॥४७॥ अर्थ: पाँचपुत्रहरूको नामहो सत्य नेत्र, मुनिरभव्य, मूर्तिराय, शनैश्चर, र सोम नामकाअत्रिकुमार पाँचआत्रेय थिए । यिनमा छैटौंमाश्रुति छोरी थिइन्। भागवत, विष्णुपुराण आदिमाभन्दालिङ्गपुराणमा सोम मात्रै मिल्ने नाम छ भने पाँचै अत्रिकुमार आत्रेयहरू अत्रिअनसूया बाटै जन्मेका छन्। भने ऋग्वेदको पाँचौ मण्डलले देखाएकाअत्रिकुमार आत्रेयहरू अनसूयाकामात्रनभएर अत्रिकाअन्यपत्निहरू जस्तो कीशिवपुराणको तल लेखिएकाश्लोकले अत्रिऋषिका १९ पत्निथिएभन्ने स्पष्ट देखाउछ भने अन्यविभिन्न पुराणहरूमा कहि १० कहि १३ अत्रिऋषिकापत्निथिएभन्ने उल्लेख गरेको पाइन्छ । अत्रिऋषिप्रजापतिपनिभएकोले अब अन्य पत्निबाट अन्यपुत्रहरू थिएभन्ने कुरा ऋग्वेदको पाँचौ मण्डलमा उल्लेखित नाउँहरूबाट अत्रिकाविभिन्नपत्निका धेरै छोरा नातीहरू भएभन्ने उदाहरण यी नाउँहरूबाट देखिन्छ जस्तै: बुध, अर्चनानस (अचर्नाना), श्यावाश्व, गय, पुरु, अत्रिभौम आदिअत्रिकुमार आत्रेय भएको बाट स्पष्ट हुन्छ । ददौ दश सुतादक्षो धर्माय विधिवन्मुने । त्रयोदशकश्यपायमुनयेत्रिनवेंदवे ॥ रु.सं.२ स.खण्ड२ अध्याय.१४ श्लोक ६ शिवपुराण । अर्थ: दक्षका ६० कन्यामध्ये १० धर्मलाई १३ कश्यपमुनिलाई र १९ अत्रिमुनिलाई दिए (कहिअत्रिका १० पत्निपनिउल्लेख छ) यिनैबाट अत्रिकुमार आत्रेय हुदै अत्रिबंशको बिस्तार भएको पाइन्छ । अनसूया₋दक्षकी छोरी विष्णुपुराण १।७।२७ अनसूया₋कर्दमकी छोरी भागवत ३।२४।२२ अंगिरा गुरुरात्रेयो विमलो विश्वपावन: । ४।३५।८२ को.रु.सं.शिव पुराण अर्थ: अंगिरा ऋषिरुप, गुरु आत्रेय अत्रिकुमार दत्तात्रेय स्वरुप यि दुबै एक शुद्घ जगतकानिर्वाहकपापकानाश गर्ने वालाभए । सोमोऽभूद्ब्रह्मणेऽशेन दत्तो विष्णोस्तु योगवित् । दुर्वासाःशंकरस्यांशो निबोधाङ्गिरसः प्रजा:॥४।१।३३ भागवत अर्थ: ब्रह्माको अंश बाट चन्द्रमा, विष्णुको अंशबाट योगबेत्तादत्तात्रेयजी र महादेबजीको अंश बाट दुर्वाशाऋषियीतिन सतीअनसूया र ऋषिअत्रिकापुत्र रुपमा प्रकट भए । दैत्यदानवयक्षणां गन्धर्वोरगरक्षसाम् । सुषणर्किन्नाराणां च स्मृताबर्हिषदो,त्रिजाः ॥ ३/१९६ मनुष्मृति अर्थ: दैत्य, दानव, यक्ष, गन्धर्व, नाग, राक्षस, सुपणर् (चराहरु) र किन्नरहरुकापितृ अत्रिऋषिका छोरा बर्हिषदपितृहुन ।साथै ऋग्वेद १०।१५।१-१५ मापनिपितृबारे स्पस्ट उल्लेखित छनन् । स्वायम्भुवो,त्रिं: कौरव्य परमर्षिः प्रतापवान । तस्य बंशे महाराजदत्तात्रेयइति स्मृतः ॥ अ.पर्व ९१/४ महाभारत । अर्थः- भीस्मले युधिष्ठिरलाई भन्नुहुन्छ -हे कुरुनन्दन ! महाराजप्राचिनकालमा ब्रह्माजीबाट महर्षि अत्रिको उत्पतिभयो। उनि बढो प्रतापिथिए ।उनकाबंशमाअत्रि अनसूयाबाट विष्णु भगवानको अंशबाट दत्तात्रेयको प्रादुर्भाव भयो। दत्तात्रयस्यपुत्रोऽभून्निमिर्नाम तपोधन । निमेश्चाप्याभवतपुत्रःश्रीमान्नामश्रीयाबृत ः॥ अ.पर्व ९१/५ महाभारत । अर्थः- दत्तात्रेय र पत्नि मेधाका छोरा निमीभए, जो बडो तपस्विथिए । निमिबाट एक छोरा भएजस्को नामश्रीमानथियो। उनि बडा कान्तिमानएव‌ं तपस्विथिए । महाभारतको अनुशासनपर्व ९१ अध्यायको १ देखि ४५ श्लोक सम्म अत्रिबशंमाकसले पहिले श्राद्घ गरे ति को हुन? त्यस बारे वणर्न छ । अब अत्रिबशंकै कुरा गर्दा तलयसको वणर्न छदै छ । तर अत्रिबाट निस्केका अत्रिकुमार आत्रेयहरु विभिन्ननाम र संज्ञाले बणर्ित छन्। कथालामो छ अत्रि अनसूयाको,तर वहाको पतिब्रताका कारण अनसूयाको गर्भबाट भगवानमहादेवको अशं दुर्वासा, नारायणको अशं बाट दत्त, ब्रह्माजीको अंश बाट चन्द्रमाभए । ऋर्षि दुर्वासाकीपत्निको नामकदलीथियो भने सन्तानको बणर्न पाइन्न, चन्द्रमाका रोहिणी देखि लिएर २७नक्षत्रलगाएतकापत्निहरु र ताराबाट बुधआदिपुत्रहुदै गए । गुरु दत्तात्रयकीपत्निमेधाबाट पुत्रनिमीभए, निमी का पुत्रश्रीमानभए, पुत्रश्रीमानको मृत्यु पछि महर्षि निमीले औंसी तिथिपारि पुत्रको श्राद्घ गरेको वणर्न छ । यसरी लिङ्ग पुराण, शिव पुराण, भागवत पुराण, मनुस्मृति, महाभारत आदिमा स्पष्ट रुपले अत्रिकुमार आत्रेय भनीउल्लेख हुनु र ऋग्वेद को पाँचौ मण्डलका ८७ सूक्तमाबुधआत्रेय, अर्चनानाआत्रेय, श्यावाश्वआत्रेय, गयआत्रेय, पुरु आत्रेय आदिकानाममाआत्रेय जोडिनु चन्द्रमाका छोरा बुध, बुधका छोरा पुरुरवाहुन र पुरुरवाका छोरा गयहुन यसरी अत्रिबंशका छोरा नातिलाई अत्रिकुमार हुनुका कारण आत्रेय भनिएको हो। कुनकुन पुराण र वेदले अत्रिवंश(सोमवंश, चन्द्रवंश, आत्रेयबंश) आदिलाई श्लोकगत रुपमाउल्लेख गरिदिएको छुँ जसले गर्दा पछि शोधकर्ताहरूलाई सजिलो होस । १.भागवतमा ३।१२।२२, ३।२४।२२, ३।२१—३३, ४।१।३३, ९।१, २, ३, १४, १५.....अध्याय सबैमाअत्रिएवं चन्द्रवंशको वणर्ण यस्तो छ अत्रिको छोरो चन्द्रमा, चन्द्रमाको छोरो बुध, बुधको छोरो पुरुरवा, पुरुरवाको छोराहरू आयु, श्रुतायु, सत्यायु, रय, विजय र जय यसरी छ पुत्रहुदै बैवश्वत मनु हुदै कुनै बंशक्षत्रिय र कुनै बंश बा्रह्मण भएका छन् भने अझभागवत विष्णु पुराणादिमा त राजा सुद्मुम्नहुदाक्षत्रिय सूर्य बंश र त्यहि सुद्मुम्न ईला (नारी) हुदामाचन्द्र बंशभएका छन्। कृष्ण देखि कौरव पाण्डव हुदै राज्य गर्ने चन्द्र बंशीहरूको ईतिहास पछिल्ला राज्यकाल सम्म भेटिन्छन्भने सप्तऋषिहरूको पुस्ताभने अभिलेख नभएर अल्मलिएको पाइन्छ । यसैलाई विष्णु पुराणको चन्द्र बंशमाअत्रिका छोरा चन्द्रमा, चन्द्रमाको छोरा बुध, बुधका छोरा पुरुरवा र पुरुरवाबाट आयु, अमावसु, विश्ववसु, श्रुतायु, शतायु र अयुतायु लेखिएका छ । यसमा केहीनाँउ फरक देखिन्छ । २. शिव पुराणमा रु.सं २ स.ख.२ अध्ययाय १४को श्लोक ६, स.रु सं.३को अ.१९को श्लोक २५, २६, २७, को.रु.सं अध्याय ३ र ४, उ.सं.अ ३६, ४को३अध्याय र४को४ अध्याय ४।३५।७, ४।३५।८२ सबैमाचन्द्रवंशको वणर्ण छ । ३. वायुपुराणमा उत्तरार्ध २८, २९ र ३१ अध्याय सबै सोमवंशको वणर्ण छ । ४. हरिवंश पुराणमा हरिवंशपर्व १०, २५, २६, २७र२८अध्याय सबै चन्द्रवंशको वणर्ण छ । ५. विष्णु पुराणमा १।७, ४।१, ६, ७, ८...को सबै अध्यायहरूमाचन्द्रवंशको वणर्ण छ । ६. लिङ्ग पुराणमा ब्रह्माजकिो ऋषिदेबादिहरूको सृष्टि विस्तारको श्लोक ४६।४७अत्रिबंशको बणर्न छ । ७. वेदमा ऋग्वेद १।५१ को ३, १।११२ को ७, ५।७८ को ४, ५।५१ को १०, १०।१४३को १, ऋग्वेद पाँच मण्डलको ५२ सूक्तको ११ देखि १५ श्लोक सम्म अत्रिकापाँच सूक्तलाई कल्याण सूक्त, मंगल सूक्त, स्वस्ति सूक्त, श्रेय सूक्तआदि मानिन्छ । साथै यो पाँचौ मण्डल सबै अत्रिऋषिको परिवारले दृष्ट गरेका मन्त्रएवं सूक्तहुन्। सामवेद १९ आध्यायमा — अत्रि ऋग्वेदका १० मण्डलमा पाँचौ मण्डलको ८७ सूक्त नै अत्रिएवं अत्रि परिवार आत्रेयहरू द्वारा दृष्ट गरिएका सूक्तएवं मन्त्रहुन्। दशै मण्डलका मन्त्रद्रष्टार ः ऋषिहरू यस प्रकार छन्जस्तै ः- प्रथम मण्डल र दशम मण्डलका ऋषिहरूमा — मधुछन्दा, गौतम, अगस्त्य, भृगु, उशना, कृत्स, अथर्वा, त्रित, शुनःशेष, बृस्पतिपुत्र संयु, र गौरवीतिआदि अनेक ऋषि बाट दृष्ट मन्त्रअथवा सूक्तहुन । तर द्वितीय मण्डल देखि नवम मण्डल सम्मकाऋषिहरू एक एक छन्जुन यस प्राकर छन्। जस्तैः- द्वितीय मण्डलका ऋषि गृत्समद तृतीय मण्डलका ऋषि विश्वामित्र चतुर्थ मण्डलका ऋषि वामदेव पाँचौं मण्डलका ऋषि अत्रि छैटांै मण्डलका ऋषि भारद्वाज सातौं मण्डलका ऋषि वसिष्ट आठांै मण्डलका ऋषि कण्व नवांै मण्डलका ऋषि अंगिरा हुन । थोरै अनसूया र अत्रिको अर्थ गरांै । अनसूयाको अर्थ हो अरु कसैमा दोष नदेख्नु(असूया) दोष बाट विकार रहित कसैमा दोष बुद्घि अथवाअसूयानदेख्नुको नाम नै “अनसूया”हो। अत्रिको अर्थ गरौ । अ + त्रि = अत्रिको अर्थ हो -“अ” को अर्थ हो छैन । “ त्रि” - को अर्थ हो तीनगुण । तीनै गुण सत्व, रजस्, तमस्, बाट जो गुणातीत, गुणरहितएंव त्रिगुणातीत हुन्छ त्यसको नाम नै “अत्रि”हो। यसरि छोटकरी रुपमा मैले यस अत्रिबंशलाई प्रष्टाउने कोसिस गरेको छु । यो पूणर् भने होइन । अत्रि परिवार भने स्वतन्त्र छ । अत्रि र अत्रिकुमार आत्रेय (जसरि बसुदेब कुमार कृष्णलाई बासुदेब भनेजस्तै अत्रिकुमार आत्रेय हुन) परिवार संख्याकहि ३८, कहि ४३ त कहि ४६ उल्लेख छ भने ऋगवेदको पाँचौ मण्डललाई अत्रि मण्डल भन्छन्। जसमा“अत्रिप्रवरको” रुपमायसको वंश परिचययसरि गरिएको छ ः- “अत्रि, भौम, अर्चनाना, श्यावाश्व र अन्धीगुश्यावाश्वि”पाँचप्रबर हुन । जबकि नेपालमाअत्रि र आत्रेयको त्रि- प्रबरमाअत्रि, अर्चनानस र श्याबाश्व र आत्रेय, अर्चनानस र श्याबाश्वयसरि एउटै प्रबरका दुई गोत्र गरेका छन्तर यो एउटै प्रबरका दुई गोत्र हुनै सक्दैन र मूलऋषिअत्रि नै हुनभने आत्रेय अत्रिका सन्तानहुनयी सबै प्रमुखअत्रि (आत्रेय)अत्रि मण्डल एवं परिवारिक ऋषिहरू ४३ परिवारमाविभक्तभएका छन्।जस मध्ये यसलाई आत्रेय मण्डल भनिन्छ जुनऋगवेदको पाँचौ मण्डलको ८७ सूक्तका मन्त्रद्रष्टारः ऋषिअत्रिहुन । ८७ सूक्तमध्ये ४३ परिवार वाशाखा छन्। साथै १) अत्रि २) भौम ३)अन्धीगुश्यावाश्वि गरी ४६परिवार वाशाखा देखिन्छ । जसमाअत्रिकुमार आत्रेय नै भनेर ३६ नामकाआत्रेय कुमारको उल्लेख छ जसमाऋग्बेद पाँचौ मण्डलको सूक्त १ बाट शुरु हुन्छ ः— १)बुधआत्रेय २) कुमार आत्रेय ३) बुशुश्रुत्र आत्रेय ४) इषआत्रेय ५)गयआत्रेय ६) सुतम्भर आत्रेय ७)पूरु आत्रेय ८)मृक्तबाहद्वितआत्रेय ९)वब्रि आत्रेय १०) प्रयस्वान अत्रिगण ११) सस आत्रेय १२) विश्वसामाआत्रेय १३) ध्युम्नविश्वचर्षणि आत्रेय १४)बसूयु आत्रेय १५)विश्ववारा आत्रेयी १६) बभ्रु आत्रेय १७)अवस्यु आत्रेय१८)गातु आत्रेय १९) अत्रिभौम २०) सदापृण आत्रेय २१) प्रतिक्षत्रआत्रेय २२) प्रतिरथ आत्रेय २३) प्रतिभानु आत्रेय २४) प्रतिप्रभआत्रेय २५) स्वस्तिआत्रेय २६) श्यावाश्यआत्रेय २७) श्रुतवित्आत्रेय २८) अर्चानानआत्रेय २९)रातहव्य आत्रेय ३०) यजतआत्रेय ३१)उरुचक्रि आत्रेय ३२) बाहुबृक्तआत्रेय ३३) पौर आत्रेय ३४) सप्तबध्रि आत्रेय ३५)सत्यश्रबा आत्रेय ३६)एवयामरुत् आत्रेय छन् भने अत्रिआत्रेय नलेखिएकामा ३७)धरुण आङ्गिरस ३८) बन्धु सुबन्धु श्रुतबन्धु लौपायन ३९) त्र्यरुण त्रसदस्युपौरुकुत्स ४०) गौरिवीतिशाक्त्य ४१)संवरण प्राजापत्य ४२)प्रभुवसु आङ्गिरस ४३)अवत्सार काश्यपयी७ र ३६ गरी ४३ शाखा छन्। (विचैमा सानो स्मरण राखौ— अत्रिआत्रेय गोत्रबारे मैले करिब १५ बर्ष अघि बेदाचार्य विद्वानआदरणीय बिदुर पौडेल संग कुरा कानी गरेको थिए । के यीदुई गोत्र फरक हुनभन्दाहोइनअत्रिआत्रेय एकै हुनअत्रिकुमार आत्रेय नै हुन । तपाई हामी सगोत्रिहौं । यो कुराको पुष्टि पौडेलबंशावलीले पनि स्पष्ट रुपले बंशविस्तार हुदाअत्रि-आत्रेय-अर्चनानस- स्यावाश्वआदिहुदै उल्लेख भए बाट स्पष्ट हुन्छ । अत्रिगोत्रका थरहरू १)गोतामे(गौतम) २)वस्ति ३) खतीवडा ४) मिश्र ५) चापागाईं ६) ठाडाराईअधिकारि ७) डोटेल ८) ओझा ९) मल्ल १०) डाँगि ११) शाहा १२)उपाध्याय १३) शाही १४)पाठक १५) कडरिया १६) हमाल १७)रावल १८)फूलारा १९) जोशी २०)पहारि २१)गौलि २२) बगाले थापा २३) कालिकोटे खड्का । मैले थाहापाए सम्मकाअत्रिगोत्रकामाथिउल्लेखित २३ थरहरू भए । आत्रेयगोत्रका थरहरू १)पानिपोखरेल २) दुलाल ३) पौडेल ४) अर्याल ५)सिग्देल ६) पुंवार थापा७) खुलालथापा ८) बगाले थापा ९) कालिकोटे खड्का १०)दुवाडी हुन । मैले थाहापाएकाआत्रेयगोत्रका थरहरू १० भए । यी १० थरहरू पनिअत्रिकुमार आत्रेय -अत्रिकै छोरा भएकोले यिनिहरू पनिअत्रिगोत्र नै हुन । दूरभाग्यबस यस्तो कुरा नछुटाई सगोत्र मै विवाह गर्नु, सगोत्र मै यजमान र पुरोहितहुनु र सगोत्र मै दानलिने₋दिने गर्नु घोर अपराध पूणर् एवं नरकगामिकार्य हो। अझ सगोत्रमा नै विवाह गर्नुलाई त हाडफोरा एवं पातकि भनिन्छ । बुझ्दै नबुझि यस्तो कार्य हुनु घोर अपराध मानिन्छ । यस्तो कार्यहरू समाजमाखासगरी अबुझ पुरोहितहरूले गर्ने गराउने गरेको पाइन्छ । पैसाको लागिआज समाजमा यस्तै भैरहेका छन्। दुबै अत्रि र आत्रेयगोत्रकाप्रवरहरू एकै हुन्। एकै प्रवरका दुई गोत्र हुदै हुदैन्। जस्तो ः- १) अत्रिगोत्रको - अत्रि, अर्चनानस र श्याबाश्वत्रि-प्रवर नेपालमा चलाउछन्जुनपात्रोमा र शिखरनाथ सुवेदीको सिखर भाष्यकिताबमापनिउल्लेख गरेको छ । यदीअत्रि र आत्रेयऋषि छुट्टा-छुट्टै भेटिएको प्रमाण भएमा त विवाह, यजमान, पुरोहित एक अर्कामा गरे हुन्छ । होइनभने एकै सगोत्र भित्र यस्तो कर्म हुनु पापहो भनीशिखर भाष्यमाउल्लेख छ । २) आत्रेयगोत्रको पनि-आत्रेय, अर्चनानस र श्याबाश्वत्रि- प्रवर नै उल्लेख छ यस्तो हुनु हुन्न । बरु अत्रिगोत्रकागोत्र शाखाहरू ४३ शाखावा परिवार छन्जस्को लामो ब्याख्याऋग्बेदको पाचौ मण्डलका ८७ सूक्तमाअत्रि-आत्रेय मण्डलको ब्याख्यामाथि छोटकरिमाउल्लेख गरिएको छ । स्मरणीय कुरो यहाँउल्लेख गरौ गोतामे थरबाट किनगौतम थर गरियो ीमती, जेठीबाट जेठो सुन्दर र माईलो शंकर दुई छोरा एवं कान्छी बाट कान्छो छोरो परशुराम एक मात्रभए । हालतिनकाबंश यस प्रकार छन्। २ जेठो छोरो सुन्दर माहिले छोरो- शंकर कान्छो छोरो - परशुराम ३ शिवराम (शिवानन्द) दिवाकर (शोभाकर) पशुपति ४ नैनानन्द हरानन्द आलाराम ५ कमलापति कृष्णानन्द दधिराम ६ पशुपति वंशीधर शिवनारायण ७ राजीवलोचन कृष्णलाल बल्लभ ८ भवनाथ हरिचरण चन्द्रकान्त ९ षडानन्द डिल्लिराम गौरिकान्त १० रामकृष्ण पीताम्बर भूवनेश्वर ११ भरत हरिबाबु दामोदर गौतम १२ देवराज पुष्पराज रविराज १३ चीरायु प्रज्ञान ईशान अत्रि—गोत्र—गोतामे —(हालगौतम ) — वंश ब्रह्माजीकामानस पुत्रर सप्तऋषिकामध्येका एक ऋषिअत्रि र सती अनसूयाका सन्तानकावंशहरू अहिले सम्म गौतम वंशावलिमाउल्लेख भएकानिम्नबमोजिम छन्जुन पूणर् छैनन्जसको खोजिब्रह्माहुदै परमं शिव निराकार एक ब्रह्म सम्म पुग्न जरुरी छ । तर पनिभवानि प्रसादगोतामेले यो बंशावलिउतार गरी जुनगोतामे (गौतम) बंशलाई जुन गुण लगाउनु भएको छ त्यसको निम्तिवहाधन्यबादको पात्र हुनुहुन्छ ।जुनबंशावलिनिम्नप्रकार उल्लेख छ । १) ऋतु भद्र २) ........नामथाहानभएको ३) गोपाल भद्र ४) ब्यास भद्र ५) विकु भद्र ६) कुशीक भद्र ७) जयन्द्र ८) कासीदास-कन्नोज-कण्डोज-कान्यकुव्ज (भारत बाट नेपालप्रबेश गर्दै सिजाखसानउपत्यकाजुम्ला) ९) लल्लक १०) गोतम दास-देखि वा पछि गोतामे)रुकुमको गोथाम बाट गोतमे भएको) ११) शिवदास १२) विष्णुदास १३) दिवादास १४) दिवाकर १५) शिवोदेब १६) प्रभाष्कर १७) श्रीकर १८) भाष्कर १९) उदयकर २०) दिवाकर २१) हिम्बुक २२) ईम्बुक २३) निम्बुक २४)गोसल्भ २५) सैगुन २६) केदार २७) कावरी २८)लक्ष्मीधर २९) श्रीधर(अर्गाखाचिमाविर्ता पाएको) ३०) विश्वनाथ ३१) लोकेश्वर ३२) शुकदेब ३३) शिवाकर ३४)शुकरु ३५) गंगाधर-जीवनपुरको छत्रेदेउरालि बाट झिकाई स्यूचाटार पुल्डोलमाप्रतापमल्लको दरवारमा गुरु- पुरोहितको लागिवि.सं १७१०र १७१८(नेपाल संवत्७७३र७८१) मादुईपटक वीर्ताको रुपमाताम्रपत्रमा लेखि राजाप्रतापमल्ल बाट गंगाधर जोसिलाई दिएको जुन साँधाको गरो पश्चिमको जग्गाहरू अद्यावधि छदैछ । ३६) परशुराम-गंगाधरका तिनभाई छोरा मध्येको कान्छो) (१.जेठा-सुन्दर २.माहिलो-शंकर ३.कान्छा-परसुराम कान्छाको वंशमा म दामोदर गौतम स्यचाटार ७ । ३७) पशुपति ३८) आलाराम ३९) दधिराम ४०)शिवनारायण ४१) वल्लभ ४२)चन्द्रकान्त-शिवमाया र सरस्वता(दुई श्रीमती) ४३) गौरिकान्त-देवकुमारि र देवकुमारि(दुई श्रीमती) ४४)भुवनेश्वर-सुभद्रा (दाहालकि छोरी) ४५)दामोदर-मैया(अधिकारिको छोरी) ४६)जेठो छोरो देबराज-विन्दा (दाहालकी छोरी), बुहारी, नातिचिरायू, नातिनिप्रतिक्षा-माहिलो छोरो(पुष्पराज-दुर्गा( थपलियाकी छोरी)बुहारी, नाति प्रज्ञान, नातिनिप्रतिभा र प्रतिष्ठा -कान्छो छोरो(रविराज-शुष्मा) (लामिछानेकी छोरी)बुहारी, नातिइशान र, नातिनित्रिलोचना । अत्रिबंशका सतप्रयासहरू अत्रिवशंकाबारेमा खतिवडा बन्धुहरू जसले अत्यन्तै परिश्रम गरी जुनबंशावलिउतानर्ु भएको छ त्यो अत्रि (आत्रेय) बंशकालागिअत्तन्तै फलदायिभएकोमा खतिवडा बन्धुहरूलाई धन्यबाददिनै पर्छ । चन्द्र बंशिहरूमा ५ हजार बर्ष अगाडिको बंशावलिउतार हुदाभगवान कृष्णको बंश संख्या ६४पुस्तामा परेको छ भने आजहामि ५ हजार बर्ष पछिको बंशावलि जोड्ने क्रममागौतम बंशावलिमा म दाामेदर गौतम ४५ पुस्तामा छुँ भने पौडेल बंशावलिमाहाल सम्मको ५५ पुस्ता देखिन्छ । खतिवडा बंशावलिमाआएर म १२६ पुस्तामा पर्नु भने चाहि यो परिश्रम निकै प्रशंसनीयमान्नु पर्छ । अब मैले गोतामे बंशावलीएवं खतिवडा बंशावलीलाई प्राय जोडेर र मैले भ्यायसम्मको बंशावलीलाई निम्नबमोजिम रहने गरी उतार गर्ने कोसिस गरेको छुँ ।किनभने थरहरू ठाँउ, नाम र वोलिकाआधारमा र ल्याइताविवाहहिताको कारण थरहरू के.सि, खत्रि, दशनामिहरूका साथै हालदलितभनिनेहरू खस ब्राह्मण भित्रका सबै थरहरूलाई भनिने परम्परा रहेको देखिन्छ । साथै खतिवडा बंशावलीले १.प्रभाकर २.प्रभाष्कर ३.लल्ल, ४.विलल्लकायी चार भाईका बंशहरू कुनकुन ठाउमा गए के नामले रहे सो अनुशार थरहरू भएकोले सम्बन्धित सबैको जानकारिको लागी मेरो तर्फकोबंशावलीलाई निम्नबमोजिमले प्रस्तुत गरेको छु। यसमा खतिवडा बंशावली परिवार प्रतिआभार ब्यक्तगर्दै वहाहरूको परिश्रमलाई यसमा समावेश गर्नको लागि खतिवडा बंशावली सम्पादक मण्डलका सदस्यमध्ये एक सदस्यश्री कृष्ण प्रसाद खतिवडासंग २०६८ मार्ग १७गते शनिवारका दिनफोनबाट अनुमतिलिई प्रकाशित गरेको छु। लल्लकऋषि साइलाको बंशका छोरा “गोतम” बाट गोतामे भएकोले सो लल्लकऋषिभन्दामाथिकाप्राय धेरैनै खतिवडा बंशावली जोड्दा म दामोदर गौतम (गोतामे) सम्म आउदा १२७ पुस्ताआयको देखियो तर पनि यो पूणर् भने होइनहजारौ बर्ष वितेका पुस्तालाई शास्त्रीयआधारमा जोड्नु त्यति सहज कुरो पनिहोईन तापनि सत्प्रयास गरी रहनुभने पर्छ । यसले आगामि पुस्तालाई सजिलो पार्नेछ । यो भवानि प्रसाददाईले लेख्नुभएको बंशावलिमानामतलमाथि परे पनि फरक पर्दैन किनभने बाजेको नाम दोहोरिएर छोरा नातिको नामपनि सोही पर्न आउछ । यसमाशंका गर्नु आवश्यक छैन खोज भने गरे हुन्छ । यसमा मैले सानो प्रयास गरेको छु भूलभएमा सम्बन्धित सबै गोत्रियबन्धुहरूले सच्चाउने कार्य गर्नुहुनेछ । अब अत्रिबंशावलीलाई यस प्रकार उद्धृत गरेको छु । क) परम शिव निराकार सर्बब्यापकब्रह्म (परम कल्याण स्वरुप) ख) शिव (कल्याण स्वरुप) ग) महेश (तीरोभाव) १) रुद्र २) शेषशायी विष्णु ३) पितामहब्रह्मा ४) महर्षि अत्रि ५) सोम (चन्द्र) ६) अर्चनानस ७) श्यावाश्व ८) उद्वालकी ९) शौणकणर्ी १०) शौक्रतव ११) गौरग्रीव १२) गौरजीन १३) शत्रायण १४) वपण्य १५) वामररथ्य १६) गोपन १७) अस्तकी १८) विन्दु १९) कणर्जिहृ २०) हरप्रीति २१) लैद्राणी २२) शाकलायणी २३) तैलप २४) सबैलेय २५) अत्रिभौम २६) गोणिपति २७) जलद २८) भगपाद २९) महातपश्वी ३०) सौपुष्पी ३१) छन्दोगेय ३२) अभीभुत ३३) कणर्ाणर् ३४) चक्रानुमान ३५) द्रवीण ३६) वैदिक ३७) नागपति ३८) वज्रपाणी ३९) सामुद्र ४०)युपवन ४१) द्रोण ४२) राघव ४३) महेन्द्र ४४) वेदमुख ४५) मित्रविन्द ४६) त्रिशक्ति ४७) अश्रुत ४८) दायद ४९) कुमुरेश्वर ५०) चित्रसेन ५१) गाग्र्ययही ५२) हिमाद्री ५३) शौलेय ५४) विरति ५५) कलानिधि ५६) श्ांकुकणर् ५७) विरुपाक्ष ५८) पुण्डरीक ५९) परमेष्ठी ६०) हरिश्रवा ६१) भूरितप ६२) शुदर्शन ६३) जनार्दन ६४) चुडामणि ६५) वातभक्षि ६६) शक्तिधर ६७) त्रिविक्रम ६८) महातप ६९) योगशिद्घि ७०) वद्रिदास ७१) योगेश्वर ७२) ब्रह्मदेवऋषि भट्ट ७३) नारद ऋषि भट्ट ७४) गोपिदास ऋषि भट्ट ७५) चन्द्रदास ७६) गोपालऋषि भट्ट (चाम्पावत) ७७) जमुनाऋषि भट्ट(वैतडी स्वराड) ७८) अविगतऋषि भट्ट(डोटी दरवार) ७९) विगतऋषि भट्ट ८०) व्यास ऋषि भट्ट(खत्याडी) ८१) विकास ऋषि भट्ट ८२) काशीनाथऋषि भट्ट ८३) विष्णु ऋषि भट्ट ८४) जगत दास ऋषि भट्ट ८५) देव दास ऋषि भट्ट ८६) हरिदास ऋषि भट्ट (श्याम दास ऋषि भट्ट) ८७) विक्रमऋषि भट्ट ८८) हम्बु ऋषि भट्ट ८९) निम्बु ऋषि भट्ट ९०) दिक्षितगोपालऋषि भट्ट (इसावास डोटी) चार भाई छोरा ९१) साहिलो लल्लक ९२) गोतम दास (देखि वा पछि गोतामे साथै रुकुमको गोथाममा बसेबाट पनिगोतमे भएको) ९३) शिवदास ९४) विष्णुदास ९५) दिवादास ९६) दिवाकर ९७) शिवोदेब ९८) प्रभाष्कर ९९) श्रीकर १००) भाष्कर १०१) उदयकर १०२) दिवाकर १०३) हिम्बुक १०४) ईम्बुक १०५) निम्बुक १०६) गोसल्भ १०७) सैगुन १०८) केदार १०९) कावरी ११०) लक्ष्मीधर १११) श्रीधर(अर्गाखाचिमाविर्ता पाएको) ११२) विश्वनाथ ११३) लोकेश्वर १ जेठो भाष्करऋषिका बंशबाट खतिवडा, कडरिया जोशि, डोटेल, मिश्र, उपाध्यायआदिभए २.माहिलो प्रभाकरऋषिका बंशबाट ओझा, वस्ती, मल्लआदिभए ३.साहिलो लल्लऋषिका बंशबाट गोतम,(गोतामे) चापागाईँ, ठाडाराई, अधिकारि, गौलीआदिभए ४.कान्छो विलल्लऋषिकाबंशबाट शाही, सिंह, ठकुरी, शाह, मल्लबमआदिभए ११४) शुकदेब ११५) शिवाकर ११६) शुकरु ११७) गंगाधर-जीवनपुरको छत्रेदेउरालि बाट झिकाई स्यूचाटार पुल्डोलमाप्रतापमल्लको दरवारमा गुरु- पुरोहितको लागिवि.सं १७१०र १७१८(नेपाल संवत् ७७३र७८१) मादुईपटक वीर्ताको रुपमाताम्रपत्रमा लेखि राजाप्रतापमल्ल बाट गंगाधर जोसिलाई दिएको जुन साँधाको गरो पश्चिमको जग्गाहरू अद्यावधि छदैछ । ताम्र पत्र यस्तो छ । ॐ स्वस्ति, श्री श्री कवीन्द्र जयप्रतापमल्लदेव प्रभु ठाकूलसन देवदालिगाम सर्यों गंगा जोसि व्राम्मणनाम्न प्रसादी कृतं स्थानस्य नैऋत्यदिशिप्रदेशे सिंद्वक्व न्हस कन द्व योखादोल क्षेत्र नामस भेकं सिंद्व न्हसकनद्वप्रयातसिमायापश्चिमतो माग्र्गन धर सिमायाउत्तरतो तवड्याङ भूमेन स्वल्यमाग्र्गन पूव्र्वतो नखिकापभूमेन प्रयातसिमाया दक्षिणतो एत खांमध्ये थ्वते चात्रा घातनडू वामू लिपशल ४०० सक्ववू देहि सिङ द्व मूलनयवूनेर खग्रारन योव न्हस कनं द्व या पाखनक्वथ्वते सकल्य याङ प्रसन्न जूयाअत्रपत्रार्थे दृष्ट साक्षिश्री नारायणमल्ल हरिराम जयकृष्ण शिवरामपा रायराजश्री जगधर उझा ॥ सम्वत्७७३ माघशुक्ल ॥ पूणर्मास्यातिथौं शुभ ॥ अनुवाद ॐ स्वास्ति ॥ श्री श्री कवीन्द्र जयप्रतापमल्लदेवप्रभू ठाकुरबाट देवदालिगाउँ बस्ने गंगाजोशी व्राह्मणको नाममाप्रदानगरियो। स्थानदेखि नैऋत्यदिशामा योखादोल खेत दिइयो। यसको सिमा ः- पश्चिममा डोलखेत सिमसम्म, उत्तरमा बाटोसम्म, पूर्वमा ठूलोकान्लाभएको खेत हुँदै बाटोसम्म, दक्षिणमा नखिकापभूमिसम्म । यतिलिख्यदान गरी प्रदानगरियो। ४०० सबै खेत सिम र मूलखेत गरी प्रदानभयो। महाराज प्रसन्नहुँदा यो दिइएको हो। यस पत्रकादृष्ट साक्षीश्री नारायण मल्ल, हरिराम, जयकृष्ण, शिवराम, रायराजश्री जगधर उझा ।, सम्वत् ७७३ (वि.सं. १७१०) माघ शुक्ल पूणर्मास्यातिथी । शुभ ॥ ॐ स्वस्ति ॥ शस्त्र शास्त्र संगीतादि सकलविद्यापारग महाराजाधिराजश्री श्री राज राजेन्द्र कवीन्द्र जय प्रतापमल्लदेव परम भट्टारक प्रभु ठाकूलसन देवदालिगाम सर्योङ गंगा जोशि व्राह्मण नाम्न प्रसादी कृतं स्थानस्यपश्चिमदिशिप्रदेशे किमसि पूराण क्वाथजू धरचा यौता पूराण क्वाथजू द्वयो भूमेन पश्चिमतो वहिरि गामदादानउत्तरतो माग्र्गेन पूव्र्वतो लक्ष्मीदासकस्य क्षेत्रेन नामन्याभुमेन दक्षिणतो एत खांमध्ये थ्वते चात्रा घातनडू वामूलिपशर ४०० सक्ववू सरङा क्वाथ घल्यालि सिंद्वक्वन्हसकनद्वक्वयापादसि प्रसन्न जूस्यविज्याङा ॥ अत्रपत्रार्थे दृष्ट साक्षिश्री नारायण मल्लदेव वीरभद्र शिवरामभिंख्वार श्री जगधर उझा ॥ सम्वत्७८१ कार्तिक शुल्क पूण्णर्मास्यान्तिथौ शुभ ॥ अनुवाद ॐ स्वास्ति ॥ शस्त्रशास्त्र संगीतादि सकलविद्यापारग महाराजाधिराजश्री श्री राज रोजन्द्र कवीन्द्र जय प्रतापमल्लदेव परम भट्टारक प्रभु ठाकुरबाट देवदालिगाउँ बस्ने गंगाजोशी ब्रह्माणको नाममाप्रदानगरियो। स्थानदेखि पश्चिमदिशाकिमसि प्रदेश दिइयो। यसको सिमापश्चिममा पुराण क्वाथजू र धरजा दुई जनाको भूमिसम्म, उत्तरमावहिरी गाउँसम्म, पूर्वमा बाटोसम्म, दक्षिणमा लक्ष्मीदासको जमिनसम्म । यतिलिख्यदान गरी प्रदानगरियो। घडेरी, डोलखेत, किल्लासहितको ४०० भूमिदिइयो। महाराज प्रसन्नहुँदाखेरी यो दिइएको हो। यस पत्रकादृष्ट साक्षिश्री नारायण मल्लदेव, वीरभद्र, शिवराम, भिंख्वार, श्री जगधर उझा ॥सम्वत्७८१ (वि.सं. १७१८) कार्तिक शुक्ल पूणर्मासि तिथी ॥ शुभ ॥ ११८) परशुराम (गंगाधरका तिनभाई छोरा मध्येको कान्छो) (१.जेठा-सुन्दर २.माहिलो-शंकर ३.कान्छा-परसुराम कान्छाको वंशमा म दामोदर गौतम स्यचाटार ७ ) ११९) पशुपति १२०) आलाराम १२१) दधिराम १२२) शिवनारायण १२३) वल्लभ १२४) चन्द्रकान्त-शिवमाया र सरस्वता(दुई श्रीमती) १२५) गौरिकान्त-देवकुमारी र देवकुमारी(दुई श्रीमती) १२६) भुवनेश्वर-सुभद्रा (दाहालकि छोरी) १२७) दामोदर-मैया(अधिकारिको छोरी) १२८) जेठो छोरो देबराज-विन्दा (दाहालकी छोरी), बुहारी, (१२९)नाति चिरायू, नातिनिप्रतिक्षा-माहिलो छोरो(पुष्पराज- दुर्गा(थपलियाकी छोरी)बुहारी, नाति प्रज्ञान, नातिनिप्रतिभा र प्रतिष्ठा-कान्छो छोरो(रविराज-शुष्मा) (लामिछानेकी छोरी)बुहारी, नातिइशान र, नातिनित्रिलोचना । ॐ नम ः शिवाय २०६३।२।२९ अपरा एकादशीव्रत आदरणीय गंगाधर गौतम बंशजहरूको पूजाबारे ः- हाम्रापूर्वज गंगाधर गोतामे अत्रिगोत्र बंशजहरू स्यचाटार पूरानो नैकापलगायत अनेत्र बस्नेहरूमा ः- अत्रिवंशबारे केही कुरा ः- अत्रि (आत्रेय) बंशका ईस्टदेव अत्रीश्वरस्च्चनाम्नासीदीश्वरः परदुःखहा । गंगा साथा स्थिता तत्रतदागर्तेथ मायया ॥ को.रु.सं. ४ को अध्यायको ४/५६ शिवपुराण अर्थ अत्रीस्वर नामको ज्योर्तिलिङ्गमन्दाकिनीगंगाका साथा सबैका दुःख हरणका लागिअत्रिऋर्षि र अनसूयाकातपस्याकाप्रभावले स्थित रहनु भएको छ । यसरी शिवपुराणको कोटी रुद्र संहिताको ३ र ४ अध्यायमाअत्रि अनसूयाकाबारे आफ्नो इस्टदेब महादेवको तपस्या गरी ज्योतिर्लिङ्ग प्राप्त गर्नु भएकोले सम्पूणर् अत्रिवंशका “इस्टदेव अत्रिश्वर महादेव” नै हुन । यसरी सबैलाई मान्न अनुरोध गर्दछु । “शिव”पाञ्चायनकूलदेवतापूजावारे संक्षिप्तजानकारी ः हाम्रापूर्खाले हाम्रो कूलदेवतापूजामापाँचखोपा, पाँचपूजा र गैडूदेवता, गोष्टदेवीशक्तिपूजा (हालगोठ पूजा भन्छौ) कूल देवता र गोठ पूजादुवैको पूजामा नौ ठाडो र नौ तेस्रो रेखावनाई ६४ कोठा बनाएर पूजा गरेको पाइन्छ । वायु पूजा, आईतवारे पूजागाई भैंसी ब्याउँदाविगौतिको सातपोका वान्दा सातपोकाका देवताकानामकाबारेमाहाम्रापूर्खाले अत्यन्तै उचित र त्यतिवेलाशक्तिसालीमानिने शिवपाञ्चायन देवतापारेर सबै पूजाहरू गरेका रहेछन्। तर हालतीदेवताकानामहरू अपभ्रंश हुँदै अर्कै शब्दबन्नवा पर्न गएकोमा म दाममोदर गौतम तपाइहरूकै बंशले अब उप्रान्तहाम्रा पूस्तालाई सजिलो होस भनीहाम्रा देवताकानामहरू र पूजाविधिहरू छोटकरीमा लेखि सबैलाई अनकुलबनाउने कोसिस गरेको छु। यीपूजा र यसकाविधिहरू बारे विस्तारमा लेख्ने र