सबै बन्धुहरुमा केन्द्रिय कार्य समितिको अनुरोध
- विभिन्न स्थानमा छरिएर रहेका गौतम तथा गोतामे बन्धुहरु स्थानीयस्तरमा आ–आफ्नो कुल समुहमा संगठित भई बन्धु हितका कार्यहरु गर्ने र अरुलाई पनि संगठित गराउन उत्प्रेरित र सहजिकरण गर्ने ।
- वंशावली प्रकाशन समिति गठन गरी सकभर सबै परिवारका आमा दिदिबहिनी र बुहारीसमेतको नामावली संकलन गरी प्रकाशन गर्ने ।
- स्थानीयस्तरमा रहेका गौतम कूल वंश समूहका ऐतिहासिक सामग्री र कुल परम्परा आदिको विवरण संकलन गरी सुरक्षित साथ राख्ने ।
- संगठित भईसकेका समूह वा संस्थाहरु र प्रकाशन भई सकेका वंशावलीहरुको विवरण यस प्रतिष्ठानलाई उपलब्ध गराउने ।
- आफ्नो क्षेत्रका सम्बन्धित सबै समुह वा संस्थाहरुलाई समेटी जिल्लास्तर र क्षेत्रीयस्तरमा समन्वय समितिहरु बनाउन पहल गर्ने ।
- गौतमबन्धुहरुले विभिन्न क्षेत्रमा पुर्याएका उल्लेखनीय योगदानको खोजी गरी यस्ता क्रियाकलाप गर्न पहल वा प्रोत्साहन गर्ने व्यक्तिहरुको नाम प्रतिष्ठानलाई उपलब्ध गराउने ।
- सबै स्थानीय समुह समिति वा संस्थाहरु यस प्रतिष्ठानमा र सम्बन्धित जिल्ला वा क्षेत्रीय समन्वय समितिहरुमा आवद्ध हुने ।
- स्थानीयस्तर र जिल्ला वा क्षेत्रीय स्तरमा गौतमवंशका बन्धुबीच सहकार्यको लागि सहकारी स्थापनाको सम्भाव्यता हेरी पहल गर्ने । यसमा घिमिरेका नातेदारसमेतलाई समेट्ने गरी स्थापना गर्न सकिने ।
- यस प्रतिष्ठान लगायत विभिन्न तहका संस्था वा समुहहरुलाई यथासक्य सहयोग प्रदान गरी अरुलाई पनि सहयोग गर्न प्रेरित गर्ने र व्यवहारिक एबं रचनात्मक सुझावहरुप्रदान गर्ने ।
- गौतमवंशका सबै प्रकाशित बंशावलीहरु यस प्रतिष्ठानले खोजी गरी ती प्राप्त बंशावलीहरु बनाउन संलग्न हुनु भएका अनुभवी बन्धुहरुसमेतलाई संलग्न गराई भविष्यमा एकीकृत गरी बृहद् वंशावली बनाउने कार्य गर्ने योजना रहेको हुँदा बन्धुहरुले आफ्नाे क्षेत्रहरुमा प्रकाशित बंशावलीहरु फाउण्डेसनमा उपलव्ध गराई यस कार्यमा सहयोग गर्नु गराउनु हुन विशेष अनुरोध छ ।