गौतम वंशावली २०६८ सम्म आईपुग्दा

श्रीनारायण शेषसायी प्रभुका नाभिबाट उत्पन्न कमलको फूलमा ब्रह्माजी उत्पत्ति भए , श्रीनारायणबाट सृष्टिको आज्ञा पाएका ब्रह्माजीले १० मानस पुत्र उत्पन्न गरे । (१) मरिची (२) अत्रि (३) अंगिरा (४) पुलस्त्य (५) क्रतु (७) भृगु (८) वशिष्ट (९) वशिष्ट (१०) नारद हुन् । महर्षि अत्रि ब्रह्माजीका द्वितीय मानस पुत्र (नेत्रबाट उत्पन्न ) हुन् । महर्षि अत्रिको विवाह कर्दम ऋषि र देवहुति (स्वयम्भुवमनु पुत्री) कपिल ऋषिकी बहिनी अनसूयासँग भएको भन्ने पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ । महर्षि अत्रि र अनसूयाले सर्वप्रथम ऋक्षनामक कुलान्द्रीमा गएर घोर तपस्या गरे । तपस्याद्वारा (त्रिदेव) ब्रह्मा, विष्णु , महेशलाई रिझाई अत्रि –अनसूयाका पुत्रका रुपमा आउनु पर्ने बरदान प्राप्त गरेकोमा सोही बरदानलाई पूरा गर्न त्रिदेवले अत्रि –अनसूयाका पुत्रका रुपमा आउनु परेको कुरा पुराण आदि पौराणिक ग्रन्थहरुमा उल्लेख पाइन्छ । साथै अत्रि –अनसूयाले महादेवको तपस्या गरेर प्रसन्न तुल्याई वरदान प्राप्त गरेर केदार खण्डमा अत्रेश्वर ज्योर्तिलिङ्गको स्थापना गरेका कुराहरु पौराणिक ग्रन्थहरुमा उल्लेख पाइन्छ । महर्षि अत्रि वेदका मन्त्र द्रष्टाका साथै तप, दान , यज्ञका अतिरिक्त विश्वकल्याणका निमित्त अनेकौ कार्यहरुका साथै अत्रिस्मृति, अत्रि संहिता आदि जस्ता ग्रन्थहरुको रचना गरेर लोक कल्याणका कार्यहरु प्रशस्त गरेको पाईन्छ । महर्षि अत्रि तथा माता अनसूयालाई दिएको वरदान पूरा गर्न र यदाकता नारी जातिमा देखिने इष्र्या भावलाई दर्शाउन (त्रिदेव) ब्रह्मा, विष्णु र महेशले उपयुक्त वातावरणमा देवर्षि नारद मार्फत (त्रिदेवी) लक्ष्मी,सरस्वती र पार्वती समक्ष गएर चित्रकुटकी देवी अनसूयाको पतिव्रत्य एवं उनिया भएको कला कौशल गुणहरुका अगाडि तपाईहरु उनका गोडाको रौं बराबर पनि हुनु हुन्न भनेर ज्यादै होच्याउने कार्य गराएकोमा नारदका कुराले ज्यादै क्रुद्ध भएका त्रिदेवीहरुले आ–आफ्ना पति त्रिदेवलाई अनसूयाको पतिव्रत्यको परीक्षा लिनका लागि जानै पर्ने विवसता सिर्जना गराए । त्यसपछि (त्रिदेव) ब्रह्मा, विष्णु र महेश साधारण मनुष्यको रुप धारण गरेर अतिथी (मिक्षुक) का रुपमा अत्रि अनसुया आश्रम चित्रकुट पुगें । त्यस बखत महर्षि अत्रि स्नान सन्ध्या तपमा भएका कारण अतिथिहरुको स्वागत गर्न माता अनसूया जल, अर्घ, मधुपर्क, आदि लिएर भिक्षुकरुपी त्रिदेवका अगाडि आउँदा भिक्षुकहरुले – माता अनसूयाको परीक्षा लिन) तपाई निर्वस्त्र भएर स्वागत गर्नु हुन्छ भने मात्र आतिथ्य स्वीकार गछौए नत्र स्वीकार गर्दैनौं भनेर आफ्नो तपोबलद्वारा विचार गर्दा अतिथिहरु साधारण मनुष्य नभएर (त्रिदेव) ब्रह्मा, विष्णु , महेश नै आफ्नो परीक्षा लिन आएको भन्ने थाहा पाई माता अनसूयाले आफ्नो कमण्डलुबाट तिनै जना अतिथि उपर जल सेचन गरेर ६ महिने अबोध दूधे बालक तुल्याएर आफू निर्वत्र भएर स्वागत गर्दै पालै पालोसँग काखमा लिएर एस्तन पान गराउँदै पुत्रवत व्यवहार गर्न लाग्नु भयो । महर्षि अत्रि कुटीमा फर्केर आउँदा सबै कुरा माता अनसूयाबाट थाहा पाउँदा ज्यादै हर्षित भएर पुत्ररुपी बालक ( त्रिदेव) को दर्शन गर्दै आफू दम्पत्तिको अहो भाग्य भनेको कुरा पौराणिक ग्रन्थहरुमा उल्लेख पाईन्छ । उता (त्रिदेव) ब्रह्मा, विष्णु, महेशका वियोगमा छट्पटिएका त्रिदेवी – लक्ष्मी, सरस्वती, पार्वती नारदमुनी कहाँ गएर नारदले सल्लाह दिएअनुसार त्रिदेवीहरु माता अनसूयाका शरणमा गएर माफी माग्दै त्रिदेवहरुलाई पूर्ववत तुल्याई दिने याचना गरेपछि माता अनसूयाले पुनः कमण्डलुबाट जल सेचन गरेर पूर्ववत तुल्याई दिएकोमा त्रिदेवले माता अनसूयासँगअब हामी तपाईका पत्र भयौं । माताको इच्छापूर्ण गराउनु हाम्रो कर्तव्य भएको हुँदा इच्छा अनुसार वर माग्नु होस् भनेकोमा माता अनसूयाले हाम्रा सन्तानको रुपमा जन्म लिएर जगत कल्याणको कार्य गर्ने वर मागेकोमा तथास्तु भनी वरदान दिएर आ–आफ्ना पत्नी सहित आ–आफ्ना लोकतर्फ जान लाग्दा पत्नी सहित त्रिदेवले अत्रि अनसूयालाई दण्डवत गरी प्रणम गरेर आ–आफ्ना लोक तर्फ लागेको कुरा पौराणिक ग्रन्थहरुमा उल्लेख पाइन्छ । महर्षि अत्रि तथा माता अनसूयालाई दिएको वरदान पूरा गर्न त्रिदेवहरुले यथा समयमा विष्णुको अंशबाट महायोगी दत्तात्रय, ब्रह्माको अंशाट सोम (चन्द्रमा) र शंकरको अंशाट त्रिकाल दर्शि महामुनी दुर्वासा भै अत्रि अनसूया पुत्रका रुपमा उत्पन्न भएको कुरा ग्रन्थहरुमा वर्णन पाइन्छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम तथा सिता अत्रि अनसूया आश्रम चित्रकुटमा गएर श्रीरामले महर्षि अत्रिसँग शिक्षा लिएको तथा जगत जननी सिताले माता अनसूयाबाट पतिव्रता, नारी धर्म आदि विषयमा शिक्षा लिएको तथा श्रीराम सँग सिताजीले माता अनसूयाको ज्ञान, ,तपोबल, कार्यकुशलता आदिका बारेमा गरेको वर्णन तथा माता अनसूयाले चित्रकुट आश्रमबाट विदा गर्दा उपहार स्वरुप सिताजीलाई दिएको अलौकिक वस्त्र धारण गरेका कारणबाट नै रावणको लङ्कामा सिताजी सुरक्षित रहेको कुरा रामायणमा उल्लेख पाईन्छ । माता अनसूयाले आफ्नो पतिव्रता धर्म, तेज तथा तपोबलद्वारा माण्डव्य ऋषिका श्रापबाट सूर्यको दर्शन हुनासाथ मृत्युका लागि विवश भएका बृद्ध एर्व कुष्ट रोगद्वारा रुघ्ण बाह्मणीका पति कौशिकलाई जिवित राख्न निश्चित कालसम्म सूर्यको उदय प्रकृयालाई समेत रोकेर कौशिकलाई जिवित राखेको साथै आफूद्वारा वाधित सूर्यलाई पुनः उदित गराएर संसारमा कृतिमान कायम गरेको सोही दिव्य तेज र आफ्नो तपोबलद्वारा गंगाको पवित्र धारालाई चित्रकुटमा “ मन्दाकिनी ” का रुपमा प्रवाहित गराएर लोक कल्याणका कार्यहरु गरेको अािद अनेकौं अनसूयाका पराक्रमहरुका बारेमा पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।